प्रधानमन्त्री ओलीले भने-पुँजीबजारको दायरामा उल्लेख्य विस्तार, मूल्य वृद्धि नियन्त्रणमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पुँजीबजारको दायरामा उल्लेख्य विस्तार भएको बताएका छन् ।

शनिबार छैटौं संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पुँजीबजारको साथै बीमा क्षेत्रको पनि दायरामा उल्लेख्य विस्तार भएको छ ।

कोरोनाका कारण झण्डै ६ महिना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजूद आर्थिक बृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक रहेको उनको तर्क छ ।

कोरोनाको महामारिपछी विश्वका धेरै मुलुकमा आर्थिक बृद्धिदर नकारात्मक हंँुदा पनि देशको आर्थिक बृद्धिदर सकारात्मक नै रहेको ओलीले बताए ।

कोभिडका कारण राजस्व र खर्चको अवस्थामा असर परेपनि समग्र सरकारी वित्त स्थिति सन्तुलनमा नै रहेको भन्दै राजस्व प्रणालीमा दूरगामी महत्व राख्ने सुधार भएको प्रम ओलीले दाबी गरे ।

अहिले मूल्य वृद्धि नियन्त्रणमा नै रहेको भन्दै सरकारले बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकताका वस्तुहरुको आपूर्ति निरन्तर गराई रहेको जानकारी गराए ।

इन्धन, खाद्यवस्तु, तरकारी, फलफूल, औषधी लगायतका अत्यावश्यक उपभोगका वस्तुहरुको आपूर्तिमा कमी हुन नदिएको भन्दै हाल सरकारी र निजी क्षेत्रमा खाद्य पदार्थको मौज्दात पर्याप्त रहेको जानकारी गराए ।

अहिले वैदेशिक व्यापार घाटा सुधारोन्मुख रहेको भन्दै वर्तमान बन्दाबन्दीको अवस्थामा पनि विप्रेषण आप्रवाहमा भइरहेको भन्दै यस अवधिमा मासिक औसतभन्दा बढी नै विप्रेषण आएको उल्लेख गरे । जेठ, असार र साउन–पछिल्ला तीन महिनामा करिब २ खर्ब ८७ अर्ब रुपैयाँ विप्रेषण आएको छ ।

गत वर्षभरिमा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्बले वचतमा रहेको छ । कूल विदेशी बिनिमय सञ्चिति १ हजार ४० खर्ब १ अर्ब पुगेको छ ।

कोभिडले ल्याएको विश्वव्यापी आर्थिक संकटका बावजूद पनि दातृ निकायको सहयोग बढिरहेको छ । यस अवधिमा १ खर्ब ६८ अर्ब रुपैयाँ बजेटरी सहायतासहित कूल ५ खर्ब रुपैयाँ बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ ।

यस २ वर्षको अवधिमा २ खर्ब रुपैयाँ भन्दा बढीको बाह्य लगानी स्वीकृत भइसकेको छ भने १४ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिबद्धता पनि प्राप्त भएको छ ।

बैकिङ्ग तथा वित्तीय क्षेत्रमा स्थायित्व कायमै रहेको र बैक सेवामा उल्लेख्य विस्तार भएको ओलीको तर्क छ । निजी क्षेत्रका लगानीका लागि बैकिङ्ग क्षेत्रमा करिब २० खर्ब अर्ब थप तरलता उपलब्ध छ ।

बैकिङ्ग क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे छ । उद्योग-व्यवसायहरु निर्बाधरुपमा सञ्चालनमा आउँदा सिर्जना हुने कर्जा मागलाई सम्बोधन गर्न बैंकहरु सक्षम छन् ।


क्लिकमान्डु