हिमालयन बैंकसँग मर्जरको हल्लाले सिभिल बैंकको सेयरमा सर्किट



काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई मर्जर गर्ने भन्ने हल्ला सूरुभएपछि सिभिल बैंकका सेयर लगानीकर्ताको आकर्षण बढेको छ ।

वाणिज्य बैंकमा पनि सबैभन्दा सस्तो सेयर मूल्य भएको सिभिल बैंकको कारोबारमा आइतबार सकारात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको आधा घन्टामा नै सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बजार १० प्रतिशतले बढेसँगै सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँ पुगेको छ ।

आइतबारको कारोबारमा सिभिल बैंकका साथै खानीखोला हाईड्रोपावर, लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बजार १० प्रतिशतले बढ्दा खानीखोलाको सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ पुगेको छ भने लिबर्टीको प्रतिकित्ता ३३० रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु