बजार बढ्न थालेपछि टिएमएसमा पुनः समस्या, लगानीकर्ता आक्रोशित



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ ।

साताको पहिलो दिन बजार निरन्तर बढिरहेको समयमा टिएमएसमा समस्या देखिएको हो । बजार खुलेपछि बन्द नभएसम्मको अवधिमा हरियो रातो बत्ती बलेको छ ।

टिएमएसमा पुन कस्तो समस्या देखिएको नेप्सेले जानकारी गराएको छैन ।
१५९५.४८ बाट सुरु भएको बजार बढेर १६०५ मा पुगेको थियो । टिएमएसमा आएको समस्या पछि बजारमा गिरावट सुरु भएको छ ।

यसले लगानीकर्ता आक्रोशित बनेका छन् । यो समाचार तयारपार्दासम्म बजार मापन गर्ने सूचक ११.८७ अंकले बढेर १५८४.०६ बिन्दुमा रोकिएको छ ।


क्लिकमान्डु