लगानीकर्ताको ध्यान सस्तो मूल्यका जलविद्युत कम्पनी तिर, बजारमा सामान्य सुधार
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ३.२६ अंकले बढेर १५४०.५१ बिन्दुमा रहेको छ ।
१९० कम्पनीको ८६ लाख ३१ हजार ७४१ कित्ता सेयर ३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९०८ रुपैयाँको कारोबार भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.२८ अंकले बढेर ३०६.२४ बिन्दुमा रोकिएको छ ।
बैंकिङ समूहको १४.६८, विकास बैंक २०.९८, जलविद्युत कम्पनी १२.२, वित्त समूहको उपसूचक ६.९४ अंकले बढ्दा निर्जीन बीमा २५४.५९, जीवन बीमा ७९.३२, माइक्रोफाइनान्स समूहको उपसूचक २३.२ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको १९ करोढ ९३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र नेपाल लाईफ इन्स्योरेन्स रहेका छन् ।
कारोबारमा लगानीकर्ताको ध्यान जलविद्युत कम्पनीतिर देखिएको छ । अरुण भ्याली हाईड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै एनआरएन लघुवित्त, रिलायन्स लाईफ, यूनियन हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, बरुण हाईड्रोपावरका लगानीकर्ताले कमएका छन भने राष्ट्रिय बीमा कम्पनी, आईएमई इन्स्योरेन्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।