भदौ १६ गतेदेखि हुने अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक



काठमाडौं । सरकारले भदौ १६ गतेदेखि शुरु हुने तय भएको अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ ।

पर्यटन मन्त्रालयका अनुसार भदौ १६ गते अर्थात् सेप्टेम्बर १ तारिखदेखि असोज १४ गते अर्थात् सेप्टेम्बर ३० तारिखसम्मका लागि ६० वटा उडान गर्ने तालिका बनाएको छ । साथै २७ वटा चार्टर उडान हुनेछन् ।

नियमित उडानतर्फ विदेशी एयरलाइन्समा मालिन्दो, कतार एयर, टर्किस एयर, क्याथे ड्रयागन, कोरियन एयर, चाइना साउर्दन, एयर चाइना, एयर अरेयिबा, फ्लाइ दुबई लगायतका १० वटा एयरलाइन्सले उडान अनुमति पाएका छन् ।

त्यसैगरी नेपाल एयरलाइन्सले जापन, मलेसिया, हङकङ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले चीनको छोङकुइनm मलेसिया र आबुधावीमा उडान गर्नेछ ।

त्यसैगरी चार्टर उडानमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियादमा हुनेछ । चार्टर उडान नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कता एयरवेज, जजिरा, सलाम एयरले गर्नेछन् ।

सरकारले दैनिक ५ सय यात्रु ल्याउने गरी तयारी गरेको यसअघि नै निर्णय गरेको थियो । विदेशबाट आउने यात्रुको अवस्थाका आधारमा आगामी दिनमा थप उडान गर्न सकिने र ५ सयभन्दा बढी यात्रुलाई सेवा दिने अर्को निर्णय हुने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।


क्लिकमान्डु