सीएसआरमा खर्च नभएको पैसा लघुवित्त संस्थाले साउनभित्र कोरोना कोषमा जम्मा गर्नुपर्ने

224
Shares

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च नभएको सम्पूर्ण रकम कोरोना कोषमा जम्मा गर्नुपर्ने भएको छ ।

मंगलबार राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन-२०७६ मा संशोधन/परिमार्जन थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको छ ।

निर्देशिका अनुसार २०७७ असार मसान्तमा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा बाँकी रहेको सम्पूर्ण रकम २०७७ साउन मसान्तभित्र नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नु पर्नेछ ।

प्रोत्साहित मर्जरमा नजाने लघुवित्तलाई राष्ट्र बैंकले नामै तोकेर मर्जमा जान निर्देशन दिने

त्यसैगरी संस्थाले निश्चित प्रयोजनका लागि स्थापित दीर्घकालीन कोष बाहेकका रकम बैंक तथा वित्तीय संस्थामा ३ महिनाभन्दा बढी अवधिको मुद्दती निक्षेपमा राख्न र नवीकरण गर्न पाइने व्यवस्था गरिएको छ ।

त्यसैगरी निर्देशिकामा मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजी कोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले लघुवित्त वित्तीय संस्थाहरुलाई यस बैंकबाट हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान नगर्ने स्पष्ट पारेको छ ।

लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशतसम्म लाभांश दिन पाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

तर विगतमा पुँजीकोष पर्याप्तता अनुपात नपुगेकाले राष्ट्र बैंकबाट माग गरिएको पुँजीयोजना अनुसार पुँजीकोष पर्याप्तता अनुपात कायम गर्ने प्रयोजनका लागि ‘कल इन एड्भान्स’मा रकम जम्मा गरेका लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो कल इन एड्भान्स रकमलाई चुक्ता पुँजीमा गणना गरी पुँजीकोष पर्याप्तता अनुपात कायम गर्न सक्ने गरी स्वीकृति प्रदान गर्न सकिने उल्लेख छ ।

राष्ट्र बैंकबाट स्वीकृति नलिई कल इन एड्भान्स शीर्षकमा रकम जम्मा गर्न पाइने छैन ।

Skip This