बिमा कम्पनीलाई नेतृत्व चयन गर्न प्राधिकरणको निर्देशन, केहीले निमित्त तोक्दा केहीको बाँकी

105
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणले विभिन्न बिमा कम्पनीलाई निमित्त सीईओ र सञ्चालक नियुक्त गर्न निर्देशन दिएको छ । प्राधिकरणले बिमा कम्पनीहरुलाई पत्र पठाउँदै निमित्त सीईओ र सञ्चालकहरु नियुक्त गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स, गार्डिमयन माइक्रो लाइफ, क्रेष्ट माइक्रो, प्रोटेक्टीभ माइक्रो र लिबर्टी माइक्रो इन्स्योरेन्सलाई निमित्त सीईओ र सञ्चालक नियुक्त गर्न निर्देशन दिएको हो ।

सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गरेसँगै ८ वटा बिमा कम्पनीहरुको सीईओ र सञ्चालकको पद खाली भएको थियो । जसमध्ये नेपाल पुनर्बिमा कम्पनी र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निमित्त नेतृत्व चयन गरिसकेका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनिल गिरी नियुक्त भएका छन् भने नेपाल पुनर्बिमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दामोदर भण्डारीलाई दिइएको छ ।

यस्तै, हिमालयन रिइन्स्योरेन्स कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मुकेश कुमार कपुरलाई नियुक्त गरिएको भए पनि उनले एक सातामै पदबाट राजीनामा दिइसकेका छन् ।

लामो समयसम्म कम्पनी नेतृत्व बिहीन अवस्थामा नरहोस् भन्ने उद्देश्यले प्राधिकरणले निमित्त, कायममुकायम लगायतका जिम्मेवारी तोक्न निर्देशन दिएको हो ।

Skip This