लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशतसम्म लाभांश दिन पाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था



काठमाडौं । लघुवित्त वित्तीय संस्थाले अब ३० प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् ।

मंगलबार राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन-२०७६ मा संशोधन÷परिमार्जन थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार इजाजतपत्रप्राप्त संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् ।

तर यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन ।

त्यसैगरी खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् ।


क्लिकमान्डु