०७७ असार मसान्तमा बैंकको स्प्रेड दर ४ प्रतिशतमा झार्छौंः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले असार मसान्तसम्म स्प्रेड दर असार मसान्तसम्ममा ४ प्रतिशतमा झर्ने बताएका छन् ।

‘पहिला ८/९ प्रतिशतमा रहेको स्प्रेडदर अहिले ५ प्रतिशतको हाराहारीमा रहेको छ,’ उनले भने, ‘चालु आवको असार मसान्तसम्ममा ४ प्रतिशतको हाराहारीमा ल्याउने राष्ट्र बैंकको योजना छ,’ प्रतिनिधिसभाको बैठकमा मन्त्री खतिवडाले भने ।

आगामी दिनमा मौद्रिक नीतिमार्फत् सरकार र राष्ट्र बैंकले यसमा काम गर्ने बताए ।

बैंक सामान्य नाफाबाट अस्वभाविक नाफामा जान खोजेमा बैंकलाई पनि समस्या पर्ने बताए । बैंकहरुले अस्वभाविक नाफा कमाउँदा उद्योगहरु मर्ने र बैंकहरु समस्यामा पर्ने बताए ।

बैठकमा मन्त्री खतिवडाले अहिले दैनिक उठाएको राजस्वले खर्च धान्न नसक्ने अवस्था रहेको बताए ।

उनले अहिले मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने भए पनि भन्सारबाट १४ अर्ब उठ्ने गरेको र बाँकी आन्तरिक राजस्वबाट उठने र त्यसबाट खर्च हुने गरेको उल्लेख गरे ।

अहिले व्यवसायिक वातावरण खुकुलो हुँदै गएको र आन्तरिक व्यापार सामान्य हुने र आयात पनि पुरानै अवस्थामा जाने तर्क गरे । वैशाखको कठोर लकडाउनले समस्या भएको भन्दै असारबाट केही सजिलो हुने बताए । संक्रमण न्यूनिकरण गर्दै व्यवसाय अघि बढाउने बताए ।

अर्को वर्षको राजस्व अहिले नै यति उठ्छ भनेर भन्न नसकिने मन्त्रीको भनाइ छ । कति हदसम्म व्यवसायलाई सहज बनाउन सकिन्छ त्यो अनुसार नै राजस्व उठने बताए ।
आर्थिक क्रियाकलाप सहज भएपछि राजस्व उठने दाबी गरे ।


पुष्प दुलाल