व्यवसायी सुलभ अग्रवालविरुद्ध मुद्दा दर्ता



काठमाडौं । लकडाउनको समयमा महंगो मूल्यमा थर्मल गन बिक्री गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ ।

कालोबजारी गर्ने सुलभ अग्रवाल प्रकरणः मुद्दा दर्ता गर्न ढिलो गर्दा प्रहरीसँग तर्सिए व्यवसायी

मंगलबार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । उनीविरुद्धको मुद्दाको थुनछेक बहस बुधबार हुनेछ ।

प्रहरीले पक्राउ गर्दा बरामद गरेका थर्मल गन तथा सवारीसाधन जफत गर्न पनि माग गरिएको छ ।

यसअघि उनलाई ३ पटकसम्म म्याद थप गरी २२ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

अग्रवाल ३ हजार मूल्य पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दा गर्दै चैत २५ गते नक्सालबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई ६७ थानसहित पक्राउ गरेको थियो ।


क्लिकमान्डु