कालोबजारी गर्ने सुलभ अग्रवाल प्रकरणः मुद्दा दर्ता गर्न ढिलो गर्दा प्रहरीसँग तर्सिए व्यवसायी



काठमाडौं । नेपाल प्रहरीले गत चैत २५ गते शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई पक्राउ गर्यो ।

चीनबाट सस्तोमा कोरोना जाँच गर्ने थर्मल गन ल्याएर महंगोमा बिक्री गरी कालोबजारी गरिरहेको अवस्थामा अग्रवाललाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

नेपाल उद्योग परिसंघको उपाध्यक्ष रहेका अग्रवाल किर्गिस्तानको अवैतानिक महावाणिज्य दूत समेत रहेका थिए ।

प्रहरीले ग्राहक बनेर सामान अर्डर गरेपछि व्यवसायी अग्रवाल महावाणिज्य दूतले पाउने निलो नम्बर प्लेटको गाडीमा झण्डा हल्लाउँदै थर्मल गन कालोबजारीमा बिक्री गर्न गएका थिए । त्यही बेला रंगेहात पक्राउ परेका हुन् ।

संकटका बेला ‘फिलांथ्रोपिस्ट’ बन्नुपर्ने अर्बपति सुलभ अग्रवालले कालोबजारी गरेर इज्जत गुमाए

बैशाख दोस्रो साता प्रहरीले चाचान ग्रुपका मोहनलाल चाचानलाई दालमा कालोबजारी गरेको आरोपमा पक्राउ गरेको छ ।

चैत २५ गते पक्राउ गरिएका सुलभलाई अहिलेसम्म प्रहरीले मुद्दा लगाएको छैन । कानूनले प्रहरीलाई अनुसन्धानका लागि २४ दिनसम्म हिरासतमा राख्न दिने अधिकार दिएको छ ।

‘सुलभजी, शाहिलजीहरु पैसा भनेपछि मरिहत्ते गर्नुहुन्छ, जे पनि गर्नुहुन्छ, अहिले उहाँहरु त्यसैको सजाय भोगिरहनु भएको छ,’ ती व्यवसायीले भने, ‘कांक्रो चोरलाई मुड्के सास्ती हुनुपर्ने हात्ति चोरको जस्तो व्यवहार गरियो भन्नेमा मात्रै हाम्रो आपत्ति हो ।’

उक्त अधिकारको प्रयोग गर्दै प्रहरीले व्यवसायी अग्रवाललाई अहिलेसम्म अदालतमा मुद्दा दर्ता नगरेको हो । कानूनी दृष्टिकोणबाट हेर्दा प्रहरीले प्रहरी कानूनभित्रै रहेर काम गरिरहेको देखिन्छ ।

कालोबजारी गर्ने सुलभ अग्रवाललाई ४ वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

तर, यति सानो घटनाको अनुसन्धान गर्न प्रहरीले किन अहिलेसम्म सकेन ? के नेपाल प्रहरी त्यति कमजोर छ ?

अहँ छैन । एक व्यवसायी भन्छन्- ‘सरकारले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी ढंगबाट काम गर्न नसकेपछि व्यवसायीलाई पक्राउ गरेर तर्साउने नियतले काम गर्न खोजेको देखियो ।’

मुद्दा प्रक्रिया शुरु गरेपछि सुलभ धरौटीमा छुट्न सक्ने सम्भावना बलियो हुन्छ । त्यसैले सरकारले तर्साउने नियत बढी राखेको व्यवसायीहरुको बुझाइ छ ।

कालोबजारी नगर्न सुझाव दिनेलाई ‘ओम्नीले लुट्दा हुने, मैले लुट्न नहुने?’ भन्थे अग्रवाल

‘सुलभलले कालोबजारी गरेकै हुन्, उनलाई कानून अनुसार कारबाही पनि हुनुपर्छ, अनुसन्धानका नाममा मुद्दा दर्ता गर्न आलटाल गरेर राज्यले व्यवसायीलाई दुख दिनु भएन,’ ती व्यवसायीले भने, ‘अर्बौं सम्पत्ति भएको सुलभ भागेर जाने पनि त होइन ।’

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ओम्नी ग्रुपसँग स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय गर्यो । यो निर्णय धेरै विवादित भयो । र, सरकारको व्यापक आलोचना भयो । आलोचना खप्न नसकेर सरकारले ओम्नीसँग सम्झौता रद्द गर्ने निर्णय लिइसकेको छ । ओम्नी प्रकरणमा सरकारको आलोचना भइरहेका बेला कालोबजारी गर्दागर्दै सुलभ अग्रवाल पक्राउ परेपछि इस्यू डाइभर्ट भएको थियो ।

‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टीलका मालिक राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित

व्यवसायीहरुको माग नै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ खारेज गर्नुपर्ने र जेलमा थुन्नुको सट्टा आर्थिक जरिवानामा गर्नुपर्ने माग छ । ऐनमा २० प्रतिशतभन्दा बढी मुनाफा लिएर कुनैपनि वस्तुलाई बिक्री गर्न भने पाइँदैन । यसको सबैभन्दा बढी उल्लंघन भने सरकार आफैंले गरेको व्यवसायीहरुके आरोप छ ।

‘पेट्रोलियम पदार्थको बिक्री वितरणमा एकाधिकार राख्दै आएको सरकारको पूर्ण स्वामित्वको नेपाल आयल निगमले २० प्रतिशतभन्दा बढी नाफा राखेर बेच्दै आएको छ, आयल निगमलाई केही हुँदैन तर व्यवसायीलाई तर्साउनको लागि यो ऐनलाई हतियार बनाइने गरेको छ,’ ती व्यवसायीले भने ।

सुलभले संकटमा समयमा नै निलो नम्बर प्लेटको गाडीमा हिँडेर कालोबजारी गरेको भएपछि निजी क्षेत्रका संस्थाहरुले औपचारिकरुपमा बोलेका छैनन् ।

थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

सुलभको केसपछि व्यवसायीले गरेको योगदानलाई नै नजदअन्दाज गर्ने काम सरकारले गरेको व्यवसायीहरु बताउँछन् । सुलभ आफैं नै देशका ठूला उद्योगी व्यवसायी सदस्य रहेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष नै थिए ।

‘सुलभलाई मुद्दा दर्ता गर्न ढिलाई गर्ने र थुन्ने मात्र नियत सरकारले राखेको पाइयो, गल्ती गर्नेलाई कारवाही गर्ने भन्दैमा निजी क्षेत्रलाई हतोत्साही नै बनाउन त भएन नि,’ परिसंघका एक पदाधिकारीले भने ।

ऐनमा नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एकवर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

सुलभको केसमा प्रहरीले दाबी गरे अनुसारको स्वास्थ्य उपकरण भेट्टाउन सकेको छैन । सुलभ अग्रवालले नेपाल एयरलाइन्सको जहाज चाटर्ड गरेर चीनबाट सामान ल्याएका थिए । भन्सार तिरेको मात्र सामान ल्याएको र सोभन्दा बढी नल्याएको दाबी सुलभको पक्षको छ ।

सुलभ अग्रवाल अर्बपति व्यवसायी हुन् । अग्रवालको लगानीमा स्थापना भएका कम्पनीमा हजारौंले रोजगारी पाएका छन् ।

‘गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ तर जेल हालेर दुख दिँदा यस्ता व्यवसायीहरु पलायन भए भने कति रोजगारी गुम्छ ?’ ती व्यवसायीले प्रश्न गर्दै भने, ‘कुनैबेला राज्यलाई सबैभन्दा धेरै कर तिरेर सम्मानित भएका व्यवसायीलाई गरेको व्यवहार चाहीँ ठीक भएन ।’

त्यसो त व्यवसायीहरुले नै सुलभलाई थर्मल गनमा हात नहाल्न अग्रह गरेका थिए । तर, कालोबजारी गरेर मनग्गे कमाउने उद्देश्यले अग्रवालले कसैको नसुन्दा फसेको व्यवसायीहरु बताउँछन् ।

‘सुलभजी, शाहिलजीहरु पैसा भनेपछि मरिहत्ते गर्नुहुन्छ, जे पनि गर्नुहुन्छ, अहिले उहाँहरु त्यसैको सजाय भोगिरहनु भएको छ,’ ती व्यवसायीले भने, ‘कांक्रो चोरलाई मुड्के सास्ती हुनुपर्ने हात्ति चोरको जस्तो व्यवहार गरियो भन्नेमा मात्रै हाम्रो आपत्ति हो ।’


पुष्प दुलाल