कोरोनाको कारण विश्वमा आर्थिक संकट सुरु, उकास्न २५ खर्ब अमेरिकी डलर चाहिने



अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वव्यापी रुपमा अर्थतन्त्र मन्दीमा गएको घोषणा गरेको छ ।

आइएमएफका प्रमुख किस्टालिना जर्जिएभाले शुक्रबार महामारीको कारण विश्वव्यापी अर्थतन्त्र मन्दीको दिशामा पुगेको छ र विकासशील देशहरूलाई सहयोग गर्न ठूलो रकमको आवश्यक पर्ने बताएकी छन् ।

‘यो स्पष्ट छ कि हामी मन्दीमा प्रवेश गर्दैछौं,’ उनले अनलाइन मार्फत पत्रकारहरुसँग भनिन् । वर्तमान स्थिति २००९ को विश्वव्यापी वित्तीय संकट भन्दा पनि खराब भएको उनले बताइन् ।

अर्थतन्त्रलाई उकास्न २५ खर्ब डलर आवश्यक

आइएमएफ प्रमुख जर्जियावाले अर्थतन्त्र उकास्नको लागि २५ खर्ब डलर आवश्यक पर्ने बताएकी छन् । उनले यो रकम अझै कम हु सक्ने आकलन गरेकी छन् । हालसम्म ८० भन्दा बढी देशहरूले आइएमएफबाट आपतकालीन सहयोगको लागि अनुरोध गरेका छन्।

कोरोना अहिलेसम्म १७५ भन्दा बढी देशहरूमा फैलिएको छ। विश्वव्यापी रूपमा कोरोना भाइरसको ५ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।


क्लिकमान्डु