कोरोना भाइरसको परीक्षण टेकु अस्पतालमा, पुष्टि भए पाटनमा उपचार गरिने



काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको उपचारका लागि पाटन अस्पतालमा व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

बुधबार दिउँसो जानकारी दिँदै स्वास्थ्यमन्त्री ढकालले भने– ‘आज बिहान मात्रै पाटन अस्पतालको निरिक्षणमा गएका थियौं त्यसपछि कोरोना भाइरससँग सम्बन्धित निक्र्यौल गर्नका लागि टेकु अस्पताललाई जिम्मेवारी दिने र कोरोना पुष्टि भएमा पाटन अस्पतालमा सिफ्ट गर्ने निर्णय भइएको छ ।’

टेकुस्थित अस्पतालमा हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये १ जना निको भइसकेका छन् भने बाँकी २ जनाको उपचार भइरहेको छ ।


क्लिकमान्डु