चेम्बर र मल्होत्राले नेपालमै उत्पादन गरेर १ लाख पिस मास्क सरकार र अस्पताललाई दिए



काठमाडौं । अब मास्कको हाहाकार अन्त्य हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा दिपक मलहोत्रालगायतका व्यवसायीले १ लाख पिस मास्क उत्पादन गरेर सरकार र अस्पताललाई उपलब्ध गराएका छन् । ।

मंगलबार बेलुकादेखि नेपालमै मास्क उत्पादन थालेका मल्होत्राले लागत मूल्य प्रतिगोटा ७ रुपैयाँमै स्वास्थ्य मन्त्रालय र अस्पतालहरुलाई मास्क उपलब्ध गराएका हुन् ।

मल्होत्राले झिकाएको मास्क उत्पादन गर्ने मेशिन नेपाल आइपुग्यो, सोमबारदेखि ६ रुपैयाँमै मास्क पाइने

‘स्वास्वास्थ्य विभागलाई भर्खरै मात्रै ५० हजार थाम मास्क उपलब्ध गराएका छौं, अस्पतालहरुलाई पनि आजै साँझसम्ममा ५० हजार मास्क उपलब्ध गराउँछौं,’ मल्होत्राले क्लिकमाण्डूसँग भने ।

हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्नका मल्होत्राले चेम्बरको सहयोगमा भारतबट मेशिन झिकाएर ललितपूरको लुभुमा रहेको एक कार्मेन्ट फ्याक्ट्रीमा मेशिन राखेर माक्स उत्पादन गरेका हुन् ।

‘स्वास्थ्य विभाग र अस्पतालहरुलाई मास्कको पहिलो आवश्यकता छ, त्यसैले हामीले पहिलो चरणमा विभाग र अस्पताललाई मास्क दिएका हौं,’ उनले भने ।

अब मास्कको अभाव नहुने, मलहोत्राले सातामै ५ लाख मास्क उत्पादन गर्ने मेशिन झिकाए, मूल्य कति ?

आइएमएस ग्रुप र चेम्बरले बिक्री गर्नेमा ५ रुपैयाँमा भ्याट जोडिने मल्होत्राले जानकारी दिए ।

‘हामीले बिक्री गर्ने मास्क उपभोक्ताले ६ रुपैयाँसम्ममा पाउँछन्,’ उनले भने ।

अहिले मास्कमा ब्यापक कालोबजारी भएको छ । २ रुपैयाँ पर्ने मास्कलाई व्यवसायीहरुले ५० देखि १०० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । मास्कमा भएको कालोबजारी रोक्न नेपाल चेम्बर अफ कमर्शमा आवद्ध मल्होत्रा लगायतका व्यवसायीहरु सक्रिय भएका हुन् ।

चेम्बरले मलहोत्राको संयोजकत्वमा कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा सहयोग गर्न कमिटि नै गठन गरेर तीब्र गतिमा काम गरिरहेको छ । चेम्बरका व्यवसायीहरुलाई सरकारले पनि सहयोग गरेको छ ।

त्यसैगरी, स्यानिटाइजर र कोरोना भाइरस न्यूनिकरणका लागि आवश्यक पर्ने अन्य सामाग्री पनि बिक्री वितरण गर्ने तयारी गरिरहेको मल्होत्राले जानकारी दिए ।


पुष्प दुलाल