दोलखामा लुटिएका मतपत्रमध्ये ४५ वटा फेला, ९ वटा मतपत्रको खोजी जारी

0
Shares

दोलखा । दोलखामा लुटिएका मतपत्रमध्ये ४५ वटा फेला परेका छन् ।

तामाकोशी गाउँपालिका–४ स्थित गोलेश्वर मावि मतदान केन्द्रबाट कुल ५४ वटा मतपत्र लुटिएको थियो। तीमध्ये ४५ वटा मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाले जानकारी दिएका छन् ।

उनका अनुसार बाँकी ९ वटा मतपत्रको खोजी जारी छ। मतपत्र लुटिएपछि उक्त मतदान केन्द्रमा मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

त्यसक्रममा मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि हातपातसमेत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो ।

यद्यपि दोलखाका अन्य मतदान केन्द्रहरूमा भने मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म जिल्लामा ४१.८९ प्रतिशत मतदान भएको छ ।