भारतमा तीन साताको लक डाउन, अत्यावश्यक वस्तुको आपूर्ति नरोकिने



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबारदेखि लागु हुने गरेर तीनसाता लामो लक डाउनको घोषणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि तीनसाता भारतभार लक डाउन गर्ने घोषणा भारतीय प्रधानमन्त्री मोदीले गरेसँगै नेपालको आपूर्ति व्यवस्थापन कसरी हुन्छ त्यसमा अन्यौलता बढेको छ ।

मुख्य रुपमा पेट्रोलिय पदार्थ,खाद्यान्य र औषधीजन्य वस्तुको आपूर्ति कसरी होला भन्ने अन्यौल नेपालमा बढेको हो । भारतले तीन साता लामो लकडाउन गरेपनि अत्यावश्यक वस्तुको भारतबाट हुने आपूर्ति नरोकिने उद्योग वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले जानकारी दिए ।

‘भारतीय पक्षले अत्यावश्यक वस्तुको आपूर्ति नरोकिने जानकारी दिएको छ, हामीलाई अत्यावश्यक पर्ने वस्तुको आपूर्ति रोकिने छैन,’ उनले क्लिकमाण्डूसँग भने ।

नेपालमा पनि मंगलबारदेखि एकसाताको लक डाउनको घोषणा भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलले आवश्यक्ता हेरेर यो लक डाउन लम्बिन सक्ने बताएका थिए ।


क्लिकमान्डु