राजधानी कुरूप छ



म यहाँ जन्मे
हुर्केँ
शिक्षित भएँ
दिक्षित भएँ
मेरो राजधानी म के मा गर्व गरूँ
राजधानी कुरूप छ
म संग गर्व गर्ने
न त्यो काँठ छ आज
न नेवा सभ्यतानै छ जन जनमा
न लबेदामा गर्व छ
न मयलपोशमा
न त दौरासुरूवालमा
न त हाकुपटासी
न त खर्पनमा
धिक्कार छ मेरो काठमाडैं
सायद त्यही भएर घुत्कार्छन्
मेरो‌ काठमाडौंलाई
चाहे भुकम्प आवोस्
चाहे कोरोना आवोस्
अपहेलित हुने त काठमाडौं नै रहेछ
तसर्थ ‌राजधानी कुरूप छ।


पुष्प दुलाल