विश्वका ५०० धनीले एकैदिनमा गुमाए ३३१ खर्ब रुपैयाँ



AFP

कोरोना भाइरसको प्रभाव यतिबेला चीनदेखि पेरिसहुँदै अमेरिकासम्म पुगेको छ । यसले जनस्वास्थ्यमा जति असर गरेको छ त्यत्तिनै ठूलो असर अर्थतन्त्रमा पनि परेको छ ।

अर्थतन्त्रमा धनी भनिने विश्वका ५०० जनाले एकैदिन कोरोना भाइरसको प्रभावका कारण ३९ खर्ब ४१ अर्ब रुपैयाँ सम्पत्ति गुमाएका छन् । ब्लुमर्ग बिलेनियर्स इन्डेक्समा ८ वर्षयता सबैभन्दा ठूलो गिरावट देखिएको छ ।

कोरोना भाइरसका कारण तेलको मूल्यमा आएको भारी गिरावटका कारण पनि धैयन धनी व्यक्तिहरुको सम्पत्ति घटेको हो । २ महिना अघिसम्म मात्रै धनीहरुको सम्पत्तिमा ६.१ ट्रिलियन अमेरिकी डलर पुगेको थियो ।

इन्डेक्समा धनीहरुको सम्पत्ति १६ प्रतिशतले घटेको उल्लेख छ । यसको असर विश्वका सबै जसो क्षेत्रका उद्योगमा देखिएको छ । अहिले धनीहरुको चिन्ता निजी प्रयोजनका माग भइरहेको निजी जेट विमानको वृद्धिका कारण पनि हो । साथै अहिले उनीहरुले च्यारिटीहरु रद्द गर्नुका साथै शान्त ठाउँमा जान थालेको समेत देखिएको छ ।

विश्व बजारमा तेलको मूल्यमा भारी गिरावट आएसँगै अमेरिकी अर्बपति धनी होराल्ड हामको मूल्य झण्डै आधाले घटेको थियो । साथै विश्वकै सबैभन्दा धनी क्यासिनो अपरेटर तथा लस भेगास स्यान्डस कर्पसका मालिक सेल्डोन एडेल्सोनले यस अवधिमा १२ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेका छन् । र, यो उनको कुल सम्पत्तिको एक चौथाई हो ।

कार्निभल कर्पोरेसनका अध्यक्ष मिक्की एरिसोले पनि अर्बपति धनीहरुको सूचीमा ६ स्थान तल झरेका छन् । विगत २३ वर्षयता सबैभन्दा बढी बिहीबार उनको सम्पत्ति ३१ प्रतिशतले घटेको थियो । कम्पनीले २ महिनाका लागि सबै पानीजहाज सञ्चालन समेत रोक लगाइसकेको छ ।

त्यस्तै, अर्बपति धनी बर्नाड अरनउल्टले पनि एकै दिनमा १० खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति घटेको छ भने विश्वका सबैभन्दा अर्बपति धनी अमेजन डटकमका जेफ बेजोसको सम्पत्ति पनि ९ खर्ब रुपैयाँभन्दा बढीले घटेको छ ।


क्लिकमान्डु