अर्थमन्त्रीको टीम परिवर्तन, बजेट महाशाखामा धनिराम शर्मा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रालयमा विभागिय प्रमुखहरु परिवर्तन गरेका छन् ।

अर्थमन्त्री खतिवडाले सहसचिवहरुको परिवर्तन गरेका हुन् । अर्थमन्त्रालयमा बजेट महाशाखा प्रमुखको जिम्मेवारी धनिराम शर्मालाई दिइएको छ ।

बजेट महाशाखा प्रमुख रहेका रामशरण पुडासैनी कामू राजस्व सचिव बनेपछि महाशाखा प्रमुख खाली थियो । शर्मा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख थिए ।

अर्थमन्त्रालयमा बजेट महाशाखा निकै नै आकर्षक पद मानिन्छ ।

यस्तै राजस्व महाशाखाको प्रमुखमा यज्ञ ढुंगेल आएका छन् । उनी आन्तरिक विश्लेषण महाशाखामा थिए ।

आन्तरिक विश्लेषण महाशाखामा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । घिमिरे अन्तरसरकारी वित्त महाशाखामा थिए । अन्तरसरकारी वित्तमा केदार पनेरुलाई जिम्मा दिइएको छ ।


क्लिकमान्डु