अर्थमन्त्री खतिवडाको पक्षमा प्रधानमन्त्री ओली, बामदेवलाई सिफारिस नगर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा युवराज खतिवडालाई नै राष्ट्रियसभामा थप कार्यकालको लागि सिफारिस गर्ने पक्षमा देखिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफुले बामदेव गौतमलाई सिफारिस नगर्ने कुरा प्रधानमन्त्री ओलीले बताएका छन् ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको जानकारी संचारकर्मीलाई दिएका थिए । तर,अहिले ओली बामदेवलाई सिफारिस नगर्ने पक्षमा रहेको कुरा बाहिर आएको छ । नेकपामा यसले ठूलो विवाद निम्ताउन सक्ने देखिएको छ ।

अर्थमन्त्री खतिवडाको ठाउँमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

आगामी फागुन २० देखि राष्ट्रियसभामा अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल सकिने छ । उनलाई पुनः सिफारिस गर्ने तयारी प्रधानमन्त्री ओलीको थियो । तर,नेकपाका बहुमत सचिावलय सदस्य बामदेवको पक्षमा रहेका छन् । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रियसभामा ३ वटा सदस्य राष्ट्रपतिले नियुक्ती गर्न सक्ने व्यवस्था छ ।

प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीपरिषद्को निर्णयमा प्रधानमन्त्रीले गर्ने निर्णय अन्तिम हुन्छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई सिफारिस गरेमा उनी पुनः राष्ट्रियसभा सदस्य बन्ने छन् ।


क्लिकमान्डु