चन्द्र ढकालको उम्मेद्वारी घोषणा कार्यक्रममा शेखरलाई निम्ता, शेखर भने नजाने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा औपचारिक रुपमा चन्द्र ढकालले उम्मेद्वारीको घोषणा गर्ने भएका छन् ।
ढकालले बुधबार याक एण्ड यती होटलबाट औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्ने भएका हुन् ।
ढकालले मात्र बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेका हुन् । ढकालको उम्मेद्वारीसभामा आउनको लागि अहिलेका बरिष्ठ उपाध्यक्ष र अब अध्यक्ष बन्न लागेका शेखर गोल्छालाई निम्तो दिएका छन् । यसअघि बिराटनगरमा किशोर प्रधानको उम्मेद्वारी घोषणा कार्यक्रममा पुगेर शेखरले किशोरको पक्षमा भोट मागेका थिए ।
ढकाल पक्ष भने अध्यक्ष हुन लागेको व्यक्ति कुनै पक्षमा खुल्न नहुँने भन्दै गोल्छा आउने विस्वस्त छ । ‘अध्यक्ष हुन लागेको व्यक्ति तटस्थ देखिनुपर्ने हो,उहा किशोर प्रधानको पक्षमा खुल्न नहुँने थियो,’ढकाल निकट व्यवसायीले भने ।
अध्यक्षमा कन्र्फम भएको व्यक्ति तटस्थ देखिनका लागि ढकालको उम्मेद्वारी घोषणामा आउनको लागि आग्रह गरेपनि गोल्छा भने नजाने भएका हुन् ।
ढकालको उम्मेद्वारी घोषणा कार्यक्रममा जिल्ला नगर,वस्तुगत तथा एशोसियटका व्यवसायीहरु सहभागी हुने छन् ।