भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारबाही गर्नुपर्छः सांसद रावल



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद भिम रावलले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

बैठकमा उनले भने, ‘नेकपाकै नेता होस यो अन्य जो सुकै होस अभियोग प्रमाणित भएको खण्डमा कारबाही गर्नको लागि कानूनले अधिकार प्राप्त निकायले कारबाहीको दारयरामा ल्याउनुपर्छ । नेकपाको चाहना पनि त्यही हो ।’

कारबाही गर्ने निकाय अख्तियार भएकोले यदि अभियोग गलत सावित भयो भने भने फलानो भ्रष्टाचारी हो भनेर आरोप लगाउनु गलत भएको उनको तर्क छ । बैठकमा उनले जो कोही व्यक्तिलाई पनि भ्रष्टाचारको अभियोग लाग्ने तर त्यो प्रमाणित नहुँदासम्म भ्रष्टाचारी भनेर किटान गरेर भन्न नमिल्ने बताए ।

सांसद रावलले कानूनको अभावमा नागरिकता पाउन धेरै नेपालीलाई समस्या भएको स्मरण गर्दै नागरिकता विद्येयक चाँडो भन्दा चाँडो अघि बढाउन सुझाव दिएका छन् ।

उनले चीनको उहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको कारण त्यहाँ रहेका नेपाली नेपालमा ल्याएको स्मरण गर्दै कोरियामा रहेका नेपालीको विषयमा कुटनीतिक पहल चाल्न आग्रह गरेका छन् ।


क्लिकमान्डु