पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको कारण हिउँसहितको आँधी (प्रतिवेदनसहित)



काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न गठित दुर्घटना जाँच आयोगले प्रतिवेदन बुझाएको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई कारण मानिएको छ । गत फागुन १५ गते ताप्लेजुङको पाथीभराबाट काठमाडौंका लागि उडान गर्ने क्रममा डाइनेस्टीको ९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

प्रतिवेदनमा हेलिकोप्टर उडान हुने वित्तिकै हिमाली आँधी आएको र दुर्घटनाको कारण पनि त्यही बनेको जाँचबुझ आयोगका अध्यक्ष याज्नप्रसाद गौतमले मौसम दुर्घटनाको कारण भएको बताए ।

‘मौसम प्रतिकुल भएको त्यहाँ जानै नहुने थियो, हामीले अध्ययन गर्दा पनि मौसम छल्दै गएको देखिन्छ, त्यसैले पहिलो कुरा त योजना नै नभएको ठाउँमा जानु नै गल्ती थियो,’ उनले भने ।

अध्ययनका क्रममा भिडियो ट्रयाकलाई आधार बनाइएको थियो भने स्थानीयहरुको भनाइलाई पनि अध्ययनको आधार बनाइएको थियो ।

‘तत्कालिन समयमा स्थानीयको भनाइ अनुसार दक्षिण पूर्वबाट हिँउसहितको हावा चलेको थियो, जसका कारण स्थानीयले घरमा ढोका नै लगाउनु परेको हामीले अध्ययनका क्रममा पायौं, जसको असर हेलिकप्टरमा पनि पर्यो,’ उनले भने ।

साथै हेलिकोप्टरको लोड फ्याक्टरमा समेत समस्या देखिएको थियो । जसमा हेलिकोप्टरको अगाडि पाइलटसँग ३ जना र पछाडि ४ जना बसेको पाइएको थियो ।

‘हेलिकोप्टरको पछाडि भागमा इन्धन ट्यांकी हुन्छ, उडान हुँदै जाँदा इन्धन कम हुँदै जान्छ र लोड अगाडि पर्छ, यसले सेन्टर अफ ग्राभिटीमा समस्या देखियो र यो पनि दुर्घटनाको कारण बन्यो,’ गौतमले भने ।

प्रतिवेदनमा शुरुमा गन्तव्य पाँचथर भए पनि पछि आरटीमार्फत् परिवर्तन गरी तेह्रथुप पुर्याइएको थियो । प्रतिवेदनमा निकै छोटो समयमा गन्तव्य परिवर्तन गरिएको उल्लेख छ ।

पाथिभराको मौसम प्रतिकुल रहेको, चिसो हावा चलेको, कमजोर भिजिविलिटी रहेको र हिउँ परिरहेको अवस्थामा उडान हुँदा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा इन्धन पनि काठमाडौं–पाँचथर–काठमाडौंका लागि मात्रै रहेकाले पाथिभरा जाने कुनै योजना नरहेको देखिएको छ ।

साथै नागरिक उड्डयन प्राधिकरणले भीआईपी फ्लाइट ह्यान्डलिङ कार्यविधि र निर्देशन समेत नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ । सबै विमान कम्पनीहरुले भिजुअल फ्लाइट रुट ९भीएफआर० पालना नगरेको पाइयो ।

दुर्घटनामा अधिकारीसँिगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवाराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

प्रतिवेदन


क्लिकमान्डु