उद्योग वाणिज्य महासंघको विधान संसोधन गर्ने जिम्मा शेखर गोल्छालाई



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने भएको छ ।

महासंघ अध्यक्ष भवानी राणाको अध्यक्षतामा बसेको कार्यकारिणी बैठकले चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो । राणाको नेतृत्वमा बसेको यो अन्तिम कार्यकारिणी बैठक हो ।

आगामी चैत २८ र २९ मा हुने साधारणसभापछि विधान अनुसार अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघमा विधान अनुसार स्वत अध्यक्ष हुन् । बरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ । यो पटक बरिष्ठ उपाध्यक्ष पदमा जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधान र एशोसियट उपाध्यक्ष चन्द्र ढकालले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

महासंघको कार्यकारिणी सदस्यको बैठकले विधान संसोधनको जिम्मा नयाँ कार्यसमितिलाई दिने निर्णय गरेको छ ।

‘विधान संसोधनको विषय नयाँ कार्यसमितिलाई दिने निर्णय भएको छ,अब यो कार्यसमितिले निर्वाचन गराउने मात्र काम गर्छ,’महासंघका एक सदस्यले भने ।


क्लिकमान्डु