महासंघको बरिष्ठ उपाध्यक्षमा बिराटनगरबाट किशोर प्रधानले भोलि उम्मेद्वारी घोषणा गर्ने
काठमाडौं । दुई महिनापछि काठमाडौंमा हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले भोलि बिराटनगरबाट उम्मेद्वारी घोषणा गर्ने भएका छन् । उद्योग संगठन बिराटनगरको प्रस्तावमा प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्न लागेका हुन् ।
पदाधिकारीको टिम सहित उम्मेद्वारी घोषणा गर्ने तयारी गरेपनि अन्तिममा प्रधान एक्कैले आफ्नो गृहनगर बिराटनगरबाट उम्मेद्वारी घोषणा गर्न लागेका हुन् । टिम सहितको उम्मेद्वारी भने काठमाडौं हुने बताइएको छ ।
यसअघि गृहजिल्ला पुगेर नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट उपाध्यक्ष चन्द्र ढकालले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । चैतमा हुने साधारणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने छन् ।
बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान प्यानल सहित प्रतिस्पर्धामा आउने तयारी गरेका छन् । यद्यपी सहमतिको लागि भने प्रयास भने व्यवसायीहरुले गरिरहेका छन् ।