म्यानमा सुमन पोखरेल सहित ११ जना निर्वाचित
काठमाडौं । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितीमा ११ जना नयाँ सदस्य निर्वाचित भएका छन् ।
शक्रबार भएको संघको १९औं कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगततर्फ ११ जना निर्वाचित भएका हुन् ।
जसमा किरण कुमार श्रेष्ठ, धर्मानन्द अवस्थी, अनुजोशी, सुमन पोखरेल, हेमा अधिकारी, इन्द्र श्रेष्ठ, मनिस झा, आशा राना, सुजन आचार्य, मिलन गुरुङ, मोहन ओझा निर्वाचित भएका हुन् ।
सस्थागततर्फ नेपाल राष्ट्र बैंकका बमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी संचय कोषका तुलसीराम गौतम, कर्मचारी संचय कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम् सिमेन्ट निर्वाचित भएका छन् ।