उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल एशियन लिडरसिप अर्वाडबाट सम्मानित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल एशियन लिडरसिप अवार्डबाट सम्मानित भएका छन् ।

एशियन एशोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन (आम्मो) अवार्डबाट उपाध्यक्ष ढकाल सम्मानित भएका हुन् ।

नेपाल ब्यवस्थापन संघ (म्यान) को साधारण सभामा ढकाललाई उक्त अवार्ड प्रदान गरिएको छ । म्यान आम्मोको सदस्य रहेको छ ।

लिडरसिप अवार्डबाट सम्मानित ढकाल अहिले आइएमई ग्रुपको अध्यक्ष समेत रहेका छन् ।


क्लिकमान्डु