सस्तो दरमा टिकट बिक्री गरे एयरलाइन्सलाई सरकारले कारबाही गर्ने



काठमाडौं । अब उप्रान्त विमान कम्पनीहरुले तोकिएभन्दा कम शुल्कमा यात्रुलाई टिकट बिक्री गर्न नपाउने भएका छन् । सरकारले विमान कम्पनीहरुले यात्रुलाई तोकिएभन्दा सस्तो दरमा टिकट बिक्री गरे कारबाही गर्ने राष्ट्रिय हवाई नीति २०७६ को मस्यौदामा उल्लेख गरेको छ ।

मन्त्रिपरिषदबाट स्वीकती पाइ संसदमा जाने क्रममा रहेको मस्यौदामा सरकारले तोकेको सीमाभन्दा बाहिर गई टिकट बिक्री गर्न पाउने छैनन् । सरकारले यसलाई अस्वस्थ प्रतिष्पर्धालाई रोक्न यस्तो नीति आवश्यक रहेको बताएको छ ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरको सिफासिरको आधारमा अधिकतम र न्यूनतम सीमा तोकी प्रत्येक उडान खण्डको आन्तरिक सेवाको हवाई भाडा मन्त्रालयले निर्धारण गर्नेछ,’ नीतिमा भनिएको छ, ‘मन्त्रालयले तोकेको आन्तरिक हवाई भाडाका सीमाभित्र रही सेवा सञ्चालन नगर्ने र अस्वस्थ प्रतिष्पर्धा गर्ने वायुसेवाहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले हस्तक्षेप गरी कानूनी कारबाही गर्न सक्नेछ ।’

नीतिमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत तथा वायुयान सञ्चालन प्रमाणपत्र प्रदान गर्दा संस्थाको व्यवस्थापकीय, आर्थिक तथा प्राविधिक पक्षको विश्वसनीयता र मूल्यांकनको आधारमा स्वस्थ र प्रतिष्पर्धात्मक रुपमा भाग लिन सक्ने गरी पारदर्शी बनाइने र द्विपक्षीय वा बहुपक्षीय हवाई सेवा सम्झौता तथा समझदारीपत्र अनुसार मार्गसारिणी, उडान संख्या, सिट क्षमता तथा ट्राफिक अधिकारको प्रावधानलाई समेत दृष्टिगत गरी सो अधिकारको पारदर्शी रुपमा वितवरण गरिने उल्लेख छ ।


क्लिकमान्डु