अर्थमन्त्री खतिवडाले भनेः सरकार डिजिटल क्रान्तिमा गइसक्यो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले २१ औं शताब्दीमा नयाँ चुनौतीको रुपमा डिजिटल प्रविधि रहेको बताएका छन् ।

नेपाल व्यवस्थापन संघद्धारा आयोजित ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन मा यस्तो बताएका हुन । मन्त्री डा. खतिवडाले नेपालमा पनि औद्योगिक क्रान्ति सुरु भएको स्मरण गराउँदै तिब्र औद्योगिक क्रान्तिमा यो अनिवार्य आवश्यक भएको बताए ।

औद्योगिक क्रान्तिमा प्रविधिका साथ साथै तथ्याङकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए ।

उनले अहिलेको पुस्ताले प्रविधिलाई आत्मसाथ गर्न आवश्यक रहेको बताए । यसको सामना गर्न नसकेको खण्डमा तथ्याङकमा कुनै पनि काम गर्न नसक्ने र यत्तिकै फेज आउट भएर जाने तर्क गरे ।
मन्त्री खतिवडाले अहिले सरकारले पनि परम्परावादी शैलीलाई छोडेर डिजिटलतर्फ जान थालेको बताए । ‘नयाँ डिजिटल प्रविधिले डिजिटल नेपाललाई बलियो बनाउने र डिजिटल भुक्तानीलाई सहज बनाउँदै गएको छ । डिजिटल भुक्तानीका कारण समयको बचत, कम खर्चिलो भएको छ’ उनले भने ‘सरकारले कर प्रणालीमा डिजिटल सिस्टम लागु गरिसकेको छ ।’सरकारले डिजिटल कर प्रणालीको सरु गरेसँगै मोबालबाटै पनि राज्यलाई कर तिर्न सकिने व्यवस्था सुरु भइसकेको मन्त्रीले जानकारी गराए ।

डिजिटल प्रणालीका कारण रियल टाइम सेटलमेन्टमा पनि सजिलो भएको उनको तर्क छ । अब क्यासमा रिक्स लिनु भन्दा पनि आन्तरिक तथा बाह्या कारोबारमा डिजिटल सिस्टम सुरु सबैतिर गर्न आवश्यक भएको मन्त्रीको भनाई छ ।

डिजिटल प्रणालीले गर्दा कर प्रणालीलाई पारदर्शी बनाउन सहयोग गरेको उनको बुझाई छ ।


क्लिकमान्डु