यसै हप्तादेखि अर्थसचिव राजन खनालले अवकास पाउने, गभर्नर बन्न दौडधूप



काठमाडौं । अर्थसचिव राजन खनालले बुधबारदेखि अनिवार्य अवकास पाउने भएका छन् । सचिवबाट अवकास पाउन लागेका खनाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइन मिलाइरहेका छन् ।

अर्थसचिव राष्ट्र बैंकको स्वत सञ्चालक हुने व्यवस्था छ । खनाल सचिवबाट अवकास पाएसँगै राष्ट्र बैंकको सञ्चालक समितिमा पनि एक जना सञ्चालकको पद रिक्त भएको छ ।

केहीसमय अघिसम्म राष्ट्र बैंकको गभर्नर बन्न आफ्नो इच्छा नरहेको बताउने खनाल पछिल्ला दिनहरुमा प्रधानमन्त्री र अर्थमन्त्रीले नै आफूलाई गभर्नरको जिम्मेवारी सम्हाल्न आग्रह गरेको भन्दै निकटस्थहरुसँग सक्रिय छलफल गरिरहेका छन् ।

१८ वर्षपछि सरकारले तिर्यो राष्ट्र बैंकको १ अर्ब, गभर्नरको लाइन मिलाउँदै अर्थसचिव खनाल

राष्ट्र बैंकले सरकारसँग १८ वर्षदेखि उठाउन नसकेको १ अर्ब २ करोड रुपैयाँ पनि खनालको सक्रियतामा असूल गरेको छ । आफू गभर्नर भइयो भने पनि यो विषयलेसमस्या निम्त्याउने विश्लेषण गर्दै खनालले सक्रिय भूमिका खेलेका थिए ।

‘खनालजी सचिव हुँदाका सहसचिवहरु अब अर्थसचिव हुन्छन्, राष्ट्र बैंकको बोर्डमा हिँजोका तीनै जुनियर सहसचिवहरु जान्छन् र गभर्नरलाई निर्देशन दिन्छन्,’ राष्ट्र बैंककै एक सञ्चालकले भने ‘यस्ता कुराले भोलि उहाँलाई हट गर्न सक्छ ।’


पुष्प दुलाल