४० हजार लगानीमा शुरु भएको सदर बजारले कमाउँछ अर्बौ रुपैयाँ, बिक्छन ५ करोड बढी प्रडक्ट



भारतको दिल्लीस्थित सदर बजार, उत्तर भारतको सबैभन्दा प्रख्यात थोक बजार हो । जहाँ सुईदेखि महंगा इलेक्ट्रोनिक्स सामानसम्म थोक मूल्यमा पाइन्छ । यहाँ हरेक दिन हजारौं व्यापारी व्यापार गर्न आउँछन् ।

यस्तो बजारको कल्पना दोस्रो बजारका लागि गाह्रो मात्रै होइन, असम्भव जस्तै छ । तर एकजना बीटेक ग्रयाजुएटले एउटा कम्युटर र ४० हजार भारु पूँजीले करोडौं मूल्यको बजार बनाए । जहाँ अहिले ५ करोडभन्दा धेरै प्रडक्टको एउटै प्लेटफर्ममा कारोबार हुन्छ ।

अनलाइन थोक बजारमा ६ करोड खरिदार र ४७ लाख रजिस्टर्ड बिक्रेता छन् । जसमा १० लाखभन्दा धेरै उत्पादनमुलक क्षेत्रबाट छन् । यस बिजनेस टु बिजनेस अनलाइन बजारको नाम हो ‘इन्डिया मार्ट’ ।

जहाँ वर्ष २०१७÷१८ मा मात्रै ४३० करोड भारुको कारोबार भएको छ । यहाँ चर्चा भइरहेको छ, यसका संस्थापक एवम सीइओ दिनेश अग्रवालको ।

हालै कम्पनीले आइपीओ पनि खुलाएको छ ।

अग्रवालका अनुसार इन्डिया मार्टमा प्रत्येक एक सेकेन्डमा २० क्रेता र बिक्रेताबीच म्याच हुन्छ । आर्थात् एकदिनमा २० लाख र हरेक महिना साढे ४ करोडसम्म कारोबार पुग्छ ।

कम्पनीमा हाल ३५०० मानिसले रोजगारी पाइरहेका छन् । राजनीतिक तथा व्यापारिक घरानाका अग्रवालले कम्प्युटर साइन्समा बीटेकको डिग्री हासिल गरेका छन् ।

अग्रवालको हजुरबा भारतका स्वतन्त्र सेनानी थिए भने सन् १९५७ मा बहराइच क्षेत्रमा एमएलए समेत थिए । अग्रवालले बीटेकको अध्ययन पूरा गरी सन् १९९२–९५ मा विदेशमा काम गरेका थिए । सन् १९९५ मा भारतमा इन्टेरनेट शुरु हुँदा उनी अमेरिकामा एचसीएलमा जारिग गर्दथे ।

अग्रवाल त्यसपछि भारत आए र ४० हजार भारु र एउटा ल्यापटको सहायतामा इन्डियामार्टको शुरुवात गरेका थिए ।


क्लिकमान्डु