
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा लन्च भएको महिन्द्राको बीई–६ गाडीलाई पछिल्लो समय ग्राहकले धेरैले रुचाइरहेका छन् ।
नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले भित्र्याएको बीई–६ का आधुनिक प्रविधि, उन्नत सुरक्षात्मक फिचर र बोल्ड डिजाइनका कारण यसले धेरैको मन लोभ्याइरहेको हो ।
तीन भेरियन्टमा उपलब्ध बीई–६ मा ५९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले ९९ किलोवाट पावर आउटपुट प्रदान गर्दछ । यसको ग्राउन्ड क्लियरेन्स २०७ एमएम रहेको अग्नि इनकर्पोरेटेडकी सेल्स अफिसर दुर्गा यादवले जानकारी दिइन् ।
१४० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गर्दा गाडीलाई २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सिटी ड्राइभदेखि अफ–रोड यात्रासम्म सहज अनुभव दिन सक्ने क्षमता भएको यस गाडी आधुनिक प्रविधि, उन्नत सुरक्षात्मक फिचरहरू र बोल्ड डिजाइनले सजिएको छ । विशेषगरी नयाँ पुस्ताका विद्युतीय सवारी प्रयोगकर्तालाई लक्षित गरेर तयार गरिएको यस गाडीको स्टाइलिश लुक्स, इनोभेटिभ डिजाइन र दमदार पर्फर्मेन्सबारे तारिफ हुँदै आएको छ ।
गाडीमा एलईडी डीआरएल, टर्न इन्डिकेटर, १८ इन्चको ह्वील टायर, वायरलेस एन्ड्रोइड अटो सिस्टम, एप्पल कार प्ले, पुस बटन स्टार्ट, टाइप सी चार्जिङ पोर्ट, क्रुज कन्ट्रोल, मल्टी ड्राइभ मोड, अटो एसी, अटो हेडल्याम्प, अटो वाइपर, कन्सोल कुलिङ स्टोरेज जस्ता फिचर रहेको यादवले जानकारी दिइन् ।
यो गाडी एक पटकको फुल चार्जमा ५५७ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । यसमा जडान गरिएको मोटरबाट १७९ किलोवाटको पावर र ३८० न्यूटन मिटरको टर्क उत्पादन हुन्छ । यसमा रिजेन ब्रेकिङ सिस्टम पनि छ जसले दायरा बढाउन मद्दत गर्छ ।
महिन्द्राको बीई–६ मा धेरै उत्कृष्ट सुविधा छन् । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, दुईटा १२.३ इन्च स्क्रिन छ, जसमध्ये एउटा इन्स्ट्रुमेन्ट क्लस्टरको रूपमा र अर्कोलाई इन्फोटेनमेन्ट सिस्टमको रूपमा प्रयोग गरिन्छ ।
बीई–सिक्समा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ । यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ । १२.३ इन्चका ड्युल स्क्रीनको कम्बिनेश उत्कृष्ट छ । यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एपहरू इनब्यूल्ट छन् ।
क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ । फ्ल्याटबटम स्टेरिङ ह्वील, एयरक्फ्र्टमा हुने थ्रस्ट जस्तो आकारमा दिइएको मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ जस्ता आकर्षक विशेषताले गाडी सजिएको छ।
महिन्द्राले बीई–६ मा हर्मन कार्डनको १६ स्पीकर, ड्युल जोन क्लाइमेट कन्ट्रोल, मल्टीकलर एम्बियन्ट लाइट, ५ जी कनेक्टीभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग जस्ता फिचर उपलब्ध गराएको छ । बीई–६ को प्याक वानको मूल्य ५७ लाख, प्याक टुको मूल्य ६१ लाख र प्याक थ्रीको मूल्य ६८ लाख कायम गरेर बिक्री सुरू भएको यस गाडीको हाल धमाधम डेलिभरीको काम भइरहेको सेल्स अफिसर दुर्गा यादवको भनाइ छ । काठमाडौंको पानीपोखरी, गैरीधारा र थापाथली स्थित महिन्द्राका शोरुममा पुगेर यस आकर्षक बीई–६ गाडी हेर्न, अनुभव लिन तथा टेस्ट ड्राइभ गर्न सकिने उनको भनाइ छ।
गैरीधारास्थित महिन्द्राको शोरुममा त झन् तीन तलामा राखिएका अलगअलग किसिममा एसयूभी, पिकअप भ्यान लगायतका गाडीहरु एकै ठाउँमा हेर्न सकिन्छ । लिफ्ट सहितको आधुनिक यस शोरुममा एकै ठाउँमा धेरै किसिमका गाडी हेरेर फिचरबारे जानकारी लिन र टेस्ट ड्राइभको अनुभवसमेत लिन सकिन्छ ।








प्रतिक्रिया