
काठमाडौं । झापाको चन्द्रगढी विमानस्थलमा बुध्द एयरको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट गएको जहाज चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज ल्यान्ड गर्ने क्रममा चिप्लिएको हो । उनका अनुसार विमानमा सवार सबै यात्रु सकुसल छन् ।
‘विमान रनवेको पिच क्षेत्रभन्दा बाहिर गएको छ, घाँसे मैदानमा पुगेको छ,’ शेर्पाले भने, ‘सबै यात्रुलाई सकुसल बाहिर ल्याइएको रिपोर्ट आएको छ ।’
यसो भन्छ बुध्द एयरः
काठमाडौंबाट भद्रपुर उडान संख्या ९०१ जहाज ९एन-एएनएफ भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट बाहिरिएको छ । सो जहाजमा ५१जना यात्रु रहेका थिए । यात्रु एवं चालक दल ४ जना सबैजना सुरक्षित रहेका छन् ।








प्रतिक्रिया