नबिल बैंक पनि ‘भ्यागुत्ते छलाङ’ मार्न प्रयासरत छः अनिल शाह



नबिल बैंकले ल्याएको ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ बैंकका लागि कोसेढुंगा हुनेमा हाम्रो विश्वास छ । यो वर्ष नबिल बैंकको लागि ३५ भन्ने नम्बर धेरै महत्वपूर्ण छ ।

३५ वर्षमा नबिल बैंकको अधिकांश कर्जाका ग्राहक ठूला कर्पोरेट हाउस मात्रै छन् भने बचतकर्ता पनि धेरै ठूला–ठूला निक्षेपकर्ता मात्रै छन् ।

नबिलले केही वर्षअघिदेखि नै पहिलेको सेवाग्राहीसँगै साना तथा मझौला उद्योग (एसएमई) का क्षेत्रमा पनि अगाडि बढ्ने योजना बनाएको थियो ।

बैंकको लक्ष्य र प्रयास भनेको पहिलेको सेवालाई विस्तार र गुणस्तरीय नै बनाउने हुन्छ । त्यसैअनुसार अब बैंकले सेभिङ एकाउन्टमा पनि भ्यागुते छलाङ मार्ने प्रयासमा गरिरहेको छ ।

नबिल बैंक पनि ‘भ्यागुत्ते छलाङ’ मार्न प्रयासरत छः अनिल शाह

त्यो प्रयासलाई सफल बनाउन बैंकले यो चालु आर्थिक वर्षमै ४० वटा नयाँ शाखा खोल्ने योजना बनाएको छ । यसअघि २० वटाभन्दा बढी नयाँ शाखा खोलिसकेका छौं । बैंकले शुन्य बचतको बचत खातादेखि अन्य प्रकारका बचत खाता बढाउन शाखाको फुट प्रिन्ट बढाएर बढाइरहेका छौं ।

यसरी बचत खाता बढाउनुको मुख्य उद्देश्य भनेको ठूला निक्षेपकर्तालाई मात्र नभइ सर्वसाधारणले पनि नबिल बैंकमा खाता खेल्न सकुन भन्ने हो । बैंकबाट आजसम्म अर्बौ रुपैयाँ ठूला कर्पोरेट क्षेत्रमा जाने कर्जाले पनि निरन्तरता नै पाउँछ ।

अब आगामी दिनमा हामी प्रतिवद्धता जाहेर गछौं कि किसाना तथा मझौला (एसएमई) र मिट कर्पोरेटमा पनि हामी भ्यागुते छलाङ लगाउँछौ । त्यसमा कसरी अगाडि बढ्न सकिन्छ भनेर बैंकले सक्षम नामक संस्थासँग सल्लाह गरेका थियौं ।

सक्षम र युके एडको सहयोगमा बैंकले धेरै वर्षअघिदेखि बनाएको योजना आज सफल रुपमा प्रसस्त गरेका छौं ।

नबिल बैंक, सक्षम र यूके एड मिलेर एसएमइ हव बनाउने योजना बनाएका छौं । यो एसएमइ हवमा हामी नयाँ किसिमले काम गर्ने योजना बनाएर अगाडि बढ्ने योजना बनाएका थियौ ।

त्यसै अनुसारको अनुसन्धान गर्दा हामीले बैंक तथा वित्तीय संस्थामा कर्जा लिन जाँदा बढी समय लाग्ने र बैंकमा कर्जाको प्रक्रिया नै महिनौ लाग्ने गरको तथ्य हामीले पत्ता लगायौँ ।

कर्जाको प्रक्रियामा नै धेरै समय लाग्ने भएपछि त्यसमा सर्वसाधारणलाई कर्जाको लागि आकर्षण गर्न सक्दैनौ । त्यसकारण कर्जामा नै सर्वसाधारणलाई आर्कषित गर्न कर्जाको प्रक्रियालाई कसरी छिटोभन्दा छिटो पूरा गर्न कर्जाको प्रक्रिया अवधिलाई ३५ घण्टामा सीमित बनाएका छौ । बैंक सञ्चालनको ३५ वर्ष पुगेकाले पनि ३५ घण्टाको समय निर्धारण गरेका हौं ।

यसमा नबिलको टिमले धेरै कर्जा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा अध्ययन तथा अनुसन्धान गरेको छ । आवश्यक प्रक्रिया पूरा गरेर आउनेलाई बैंकले ३५ घण्टाभित्रै कर्जा स्वीकृत गरेर ३५ दिनभित्र कर्जा ऋणीको हातमा जिम्मा लगाउँछ ।

नबिल सजिलो कर्जा अन्तर्गत बैंकले साना तथा मझौला उद्योगी व्यवसायीलाई मात्र ३५ घण्टाभित्र कर्जा स्वीकृत गराएर ३५ दिनभित्र कर्जा दिने प्रतिबद्धता गरेको छ ।

एसएमई क्षेत्रलाई १०.५ प्रतिशत ब्याजदरमा ७५ लाख रुपैयाँ कर्जा ३५ दिनमै पाउनु भनेको धेरै ठूलो कुरा हो । बैंकले एसएमइ कर्जा अन्तर्गत १ करोड ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्नेछ । ७५ लाख रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँको प्रक्रिया भने थप केही समय लाग्न सक्छ ।

निजी क्षेत्रका बैंकले छोटो समयमै प्रक्रियाबाट कर्जा वितरण गरेको यो पहिलो पटक हो । कर्जा लिनका लागि भने ऋणीले कर्जाको आकारअनुसार धितो राख्नुपर्छ ।

साथै नबिल बैंकले यही सजिलो कर्जा अन्तर्गत नबिल नारी कर्जा योजना ल्याएको हो । जसमा नारीहरुले नबिल बैंकबाट ५ लाख रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिएर आफ्नै व्यवसाय शुरु गर्न सक्छन् ।

यो कर्जा पनि एसएमइ कर्जा अन्तर्गत नै भएकाले समय भनेको ३५ घण्टा र ३५ दिन नै हो । तर नबिल नारी बचत कर्जाको ब्याजदर भने ९.९९ प्रतिशत छ ।

नबिल बैंकका ग्राहक वा नबिल बैंकमा आवद्ध नभएका सवैसाधारणले पनि बैंकमा आवद्ध भएर यो कर्जाको उपयोग गर्न सक्छन् । नबिल बैंकले हरेक शाखामा नबिल हव सञ्चालन छ ।

यसमा वा बैंकको काउन्टरमा गएर नबिल सजिलो एक्सप्रेस कर्जा भनेको के हो भन्नेबारे यसबारे राम्रोसँग बुझेर प्रक्रिया पूरा गरेर आएमा आवश्यक मात्रामा बैंकले कर्जा उपलब्ध गराउँछ । नबिल बैंकबाट केही वर्षअघि ५/१० लाख रुपैयाँ कर्जा लिएर व्यवसाय गर्नेहरु आजका दिनमा व्यवसायको आकार नै १/२ अर्ब रुपैयाँ पुगेको छ ।

हाम्रो उद्देश्य पनि एसएमइ हवमार्फत् नबिल सजिलो कर्जा लिएकाहरुको व्यवसायको प्रगति नै हो । आज ५/१० लाख कर्जा लिने बैंकको ग्राहकले व्यवसाय बढाएर १० वर्षपछि व्यवसाय बढाउन थप कर्जा लिन आउनुहुन्छ भन्ने विश्वास बैंकले लिएको छ ।

(सोमबार आयोजित पत्रकार सम्मेलनमा नयाँ प्रोडक्ट लञ्च गर्दै सीइओ शाहले राखेको बिचार)


पुष्प दुलाल