कोक उत्पादक बोटलर्स नेपालले लाभांश नदिने, बोटलर्स तराईले ४० प्रतिशत नगद दिने



काठमाण्डौ । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)ले यही कात्तिक २८ गते वार्षिक साधारणसभा बोलाएका छन् ।

बोटलर्स नेपालले ४१औँ र बोटलर्स तराईले २३औँ वार्षिक साधारणभास गर्न लागेका हुन् । साधारणसभा दरबारमार्गस्थित होटेल अन्नपूर्णमा हुनेछ ।

वितेका वर्षहरुमा राम्रो प्रतिफल दिँदै आएको बोटलर्स नेपालले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

तर, बोटलर्स तराईले भने गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीलेगत आर्थिक वर्षमा साढे ३४ करोड नाफा कमाएको थियो । बोटलर्स तराईले अघिल्लो आर्थिक वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


पुष्प दुलाल