कानुनमन्त्री गौतमसँग १० लाख बैंक ब्यालेन्स र १५ तोला सुन, श्रीमान् गृहेन्द्र र सासूको नाममा पनि धेरै सम्पत्ति

889
Shares

काठमाडौं । कानुनमन्त्री सोभिता गौतमले श्रीमान् र सासूआमाको नाममा काठमाडौँ र भरतपुरमा गरी २ वटा घर रहेको सम्पत्ति विवरण खुलाएकी छन् ।

आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ३ मा १ घर रहेको खुलाइएको छ । त्यस्तै सासूआमा कृष्ण देवी घिमिरेको नाममा चितवनको भरतपुरमा १ घर रहेको उल्लेख छ । यसको स्रोत ऋण, तलब र पैतृक सम्पत्ति रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

विवाहमा प्राप्त १० तोला र पैतृक ५ तोला गरी १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हीरा रहेको उनले उल्लेख गरेकी छन् ।

उनको विभिन्न ५ वटा बैंक खातामा करिब साढे १० लाख रुपैयाँ मौज्दात रहेको, ग्लोब ट्रस्ट हिमालय टुर्स एण्ड ट्रेड कम्पनीको ५० प्रतिशत सेयर र सोपान मल्टिपल कम्पनीको ६५ सय कित्ता सेयर रहेको उल्लेख गरेकी छन् ।

एभरेष्ट बैंकबाट २५ लाख र राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख ऋण लिएकोमा ७ लाख रुपैयाँ तिरिसकेको उनले खुलाएकी छन् ।

मन्त्री गौतमको नाममा २६ लाखमा किनेको १ गाडी र श्रीमान् गृहेन्द्र घिमिरेको नाममा ९५ लाखमा किनेको १ गाडी छ । त्यस्तै मन्त्री गौतमकै नाममा २ लाख ७५ हजारमा किनेको एउटा स्कुटर पनि छ ।