नेप्सेमा ११.३७ अंकको गिरावट, साढे ५ अर्ब माथिको कारोबार

42
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारमा गिरावट आएको छ ।

शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्सेमा १३.४६ अंकको गिरावट आएको थियो ।

आज नेप्सेमा कुल ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल ४ अर्ब २२ करोड रुपैयाँ कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।