परराष्ट्र मन्त्री खनालसँग २३ लाख नगद र बैंक ब्यालेन्स, दर्जन बढी कम्पनीको सेयरधनी

364
Shares

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालको १३ लाख रुपैयाँ बैंक ब्यालेन्स र १० लाख नगद गरी २३ लाख रुपैयाँ रहेको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार विभिन्न ५ वटा बैंक र श्रीमतीको दुई वटा बैंकमा भएको लगानी गरेर १३ लाख ७ हजार रुपैयाँ बैंक ब्यालेन्स रहेकाे जनाएका हुन् ।

साथै उनको विभिन्न कम्पनीमा लगानीसमेत रहेको छ ।

खनालको पीक एन्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेसनल प्रालिमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत लगानी रहेको छ ।

उनीसँग २२ तोला सुन र २५ तोला चाँदी पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

उनको बुबा सुर्यभक्त खनालको नाममा विभिन्न ४ ठाउँमा घरजग्गा समेत छ । अच्युता अधिकारीसँग विभिन्न कम्पनीको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।