
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको १५ तोला सुनसहित, नगद, घरजग्गाको सम्पत्ति विवरण देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा सोविताले श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौंमा घर, सासुससुराको नाममा चितवनमा घरजग्गा रहेको खुलाएकी छिन् ।
उनले विभिन्न बैंकमा गरी १० लाख रुपैयाँ बढी नगद रहेको देखाएकी छिन् । साथै विभिन्न बैंकबाट ऋण लिएकोसमेत उल्लेख गरेकी छिन् ।








प्रतिक्रिया