
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको सेयर बजारमा पौने ३ करोड रूपैयाँ रहेको देखिएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनले व्यवसाय र पैत्रिक सम्पत्तिबाट उक्त सेयरमा लगानी गरेको उल्लेख छ ।
गुरुङको सबैभन्दा बढी लगानी धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा भएको उनले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख छ । व्यावसायिक र पैत्रिक सम्पत्ति स्रोत देखाउँदै उनले उल्लेख गरेको विवरण अनुसार धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।
त्यसबाहेक जसमा होप होल्डिङ्स प्रालिमा उनको ३० हजार थान साधारण सेयर रहेको उल्लेख छ । उक्त सेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।
एड्भेन्चर भिल्ला प्रालिमा पनि उनले आफ्नो सेयर रहेको उल्लेख गरेका छन् । जहाँ ७० हजार थान सेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनले साढे ६१ लाख बैंक ब्यालेन्स देखाएका छन । उनको बैंकमा भएको रकममा लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार र नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ रहेको देखाएका छन् ।








प्रतिक्रिया