महरामाथिको आरोप प्रमाणित भए १० वर्ष जेल !



काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले बलत्कारको आरोपमा पक्राउ गरेको छ ।

महराले संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलत्कार गरेको आरोप पीडितले पहिलो पटक हाम्राकुराडटकम मार्फत सार्वजनिक गरेकी थिइन् ।

बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाट पक्राउ

त्यसपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले राजीनामा दिएसँगै एकाएक पीडित शाहीले मिडियामा नै बयान फेरकी थिइन् । तर,शुक्रबार उनले प्रहरीमा महरा विरुद्द बलत्कार गरेको उजुरी दिएकी थिइन् ।

प्रहरीले आइतबार जिल्ला अदालतमा महरालाई पक्राउ गर्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंले अनुमति दिएसँगै आइतबार साझ सरकारी निवास बालुवाटारबाट महरालाई प्रहरीले पक्राउ गरेको छ ।

बलत्कारको आरोपमा महरा पक्राउ परेसँगै उनीमाथि गम्भिर फौजदारी मुद्दा लाग्ने छ ।

यो मुद्दासँगै महराको सांसद् पद समेत स्वत निलम्बन भएको छ ।

रोशनी शाहीले कृष्णबहादुर महराले बलत्कारको प्रयास गरेकै हो भन्दै प्रहरीमा उजुरी दिइन्

नेपालको कानूनमा बलत्कारको आरोप प्रमाणित भएमा ७ देखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

बलत्कारको नगरेको र गर्ने प्रयास गरेको भए त्यसको अधा सजाय हुने कानूमा व्यवस्था छ ।


क्लिकमान्डु