बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाट पक्राउ



काठमाडौं । आफ्नै कर्मचारीलाई बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित सरकारी निवासबाट महरालाई प्रहरीले पक्राउ गरिएको नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनालले क्लिकमान्डूलाई जानकारी दिए ।

पक्राउपछि महरा प्रहरीको गाडीमा जान मानेका थिएनन् । तर उनले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर महराले चढ्दै अाएकाे बा १८ च ४०० नम्बरको राताेे रङकाे निजी गाडीमा हालेर प्रहरीले लगेेेकोछ !

महराले संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई रोशनी शाहीलाई बलत्कार गरेको कर्मचारी शाहीले हाम्राकुराडटकम मार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए ।

महराको दसैं प्रहरी हिरासतमै वित्ने भएको छ, किनभने अदालत २८ गते  मात्रै खुल्छ ! अदालत नखुलुन्जेेेल प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्छ, त्ययसपछि अदालतमा म्याद थपकाे प्रस्ताव  गर्छ !

रोशनी शाहीले कृष्णबहादुर महराले बलत्कारको प्रयास गरेकै हो भन्दै प्रहरीमा उजुरी दिइन्

महरा शाहीको कोठामा गएको पुष्टी भइसकेको छ । बलत्कारको आरोप लगाउने शाहीले पछि भने संचारमाध्यममा आफुले आवेगमा आएर बताएकी थिइन् । तर, शुक्रबार उनले फेरी महरा विरुद्व उजुरी दिएकी थिइन् ।

महरालाई पक्राउ गर्नको लागि अदालतको अनुमति चाहिन्छ ।आइतबार काठमाडौं जिल्ला अदालतले महराविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो।

यसअघि पीडीत भनिएकी शाहीले शुक्रबार नै नयाँ बानेश्वर प्रहरी वृत्तमा जवरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन । त्यसपछि प्रहरीले महरालाई पक्राउको तयारी गरेको थियो।

महराले असोज १२ गते आइतबार तीनकुनेस्थित शाहीको डेरामा पुगेको सिसिटिभीबाट फुटेज प्रहरीले संकलन गरिसकेको छ । त्यहाँ महरा १ घन्टा १९ मिनेट बसेको भेटिएको थियो । घटना बाहिरिएपछि महराको सचिवायलले डेरामा जाँदै गएको भन्दै गलत तथ्यसहितको विज्ञप्ती जारी गरेको थियो ।

फौजदारी अभियोगमा मुद्दा दायर भएसँगै उनको सांसद् पद समेत स्वत निलम्बन भएको छ ।


क्लिकमान्डु