एनआईसी एशिया बैंकका सीइओ रोशन न्यौपानेको तलब सुविधा कति ?



काठमाडौं । व्यवसाय विस्तारमा आक्रामक रहेको एनआईसी एशिया बैंक प्रमुख कार्यकारी अधिकृतलाई तलब दिन पनि अगाडि देखिएको छ ।

एनआईसी एशिया बैंकमा गतवर्षको मंसिर १६ देखि प्रमुख कार्यकारी अधिकृत रुपमा रोशन न्यौपाने कार्यरत छन् । चाटर्ड एकाउन्टेन्टसमेत रहेका न्यौपाने आफ्ना समकालिनहरुमा छिट्टै सीइओ बन्ने व्यक्तिमा पर्छन् । उनी हाल ३९ वर्षका भए ।

बैंक अफ एशियाबाट बैंकिङ करिअर सुरु गरेका न्यौपाने बैंकिङ सेवा प्रवेश गरेको छोटो समयमा नै सीइओ बन्न सफल भएका थिए । त्यो पनि आक्रमक व्यवसाय विस्तार गरेको एनआईसी एशिया बैंकको ।

बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

बैंकको वार्षिक वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंकका सीइओ न्यौपानेले गत आर्थिक वर्ष २०७५/७६ मा बैंकबाट २ करोड १३ लाख ६७ हजार १०६ रुपैयाँ तलबभत्ता बापत बुझेका छन् ।

न्यौपानेले गत आर्थिक वर्षमा कामु कार्यकारी अधिकृत रहेका उनी मंसिर १६ देखि प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत  छन् ।

एनआईसी एशिया बैंकका सीइओ न्यौपाने प्रवल जनसेवा श्री बाट विभूषित

न्यौपानेले आफ्नो कमाईबाट राज्यलाई ३६ प्रतिशत कर तिर्छन् ।

उनी सीइओ रहेको एनआइसी एशिया बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०२६ प्रतिशत नगद लाभांश दिने निर्णय साधारणसभाबाट पारित भएको छ । यो वर्ष एनआईसी एशियाका सेयरधनीले बोनस सेयरसँगै दशैंअघि नै नगद लाभांश समेत बुझ्ने छन् ।

बैंकमा ३४ सय जना कर्मचारी छन् । गत आर्थिक वर्ष बैंकले कर्मचारीको लागि गरेको तलब खर्च ७९ करोड १५ लाख ८९ हजार रुपैयाँ हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकले कर्मचारीको तलबमा ५५ करोड रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षमा बैंकको कर्मचारीको तलबमा मात्र २७ प्रतिशतले खर्च बढेको छ ।

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४७ करोड रुपैयाँ कुल खर्च गरेको छ ।

बैंकले कर्मचारीको लागि भत्तामा ६९ करोड ९३ लाख रुपैयाँ खर्च गरेको छ भने नाफा भएपछिको बोनसका लागि ४९ करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । स्थायी कर्मचारीले बोनसको करिब ६ महिनाको बोनस प्राप्त गर्ने छन् । यो सुविधा आधारभुत तलबमा हुन्छ भत्तामा हुँदैन ।


पुष्प दुलाल