
काठमाडौं । नेकपा एमालेले पनि करका दर हेरफेरबारे संसदीय छानबिन समितिको माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐन महरले सरकारका अर्थमन्त्रीले करका दर हेरफेर गरी त्यसको सूचना चुहाएर सीमित समूहलाई लाभ पुराएको भन्दै संसदीय छानबिन समिति बन्नुपर्ने माग राखे ।
‘सरकारका अर्थमन्त्रीले १५ गते बजेट भाषण गर्नुभयो । तर, त्यो भन्दा अगाडि नै करका दर हेरफेर गरेर सूचना चुहाइयो र १४ गते नै ठूलो संख्यामा गाडी भित्र्याउने काम भयो,’ महरले भने, ‘यसमा ठूलो कमिसनको खेल भएको छ । त्यसैले अन्य माननियले भनेजस्तै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बन्नुपर्छ भन्ने माग राख्न चाहान्छौं ।’
उनले संसदीय छानबिनमार्फत् करका दर हेरफेरबारे कारबाही अगाडि बढाउनुपर्ने धारणा उनले राखे ।
केही दिन यता राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुले पनि करका दर हेरफेरबाट छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।









प्रतिक्रिया