एनआईसी एशिया बैंकका सीइओ न्यौपाने प्रवल जनसेवा श्री बाट विभूषित



काठमाडौं । एनआइसी एशिया बैंकका प्रमख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा गरेकी छन् ।

मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पर्याएको योगदानको कदर गर्दै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार उक्त पदवीको घोषणा गरेकी हुन् ।

सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पर्याएका ब्यक्तिहरु मध्ये युवा बैंकर न्यौपानेलाई पनि छनौट गरेको हो ।

न्यौपानेले नेपालको बैंकिङ इतिहासमा नै नयाँ अवधारणा स्थापित गरी बैंकिङ्ग क्षेत्रलाई बैज्ञानिक ढंगले परिभाषित गर्दै त्यसलाई उत्कृष्टरुपमा कार्यान्वयन गरिरहेका छन् ।

सीइओ न्यौपाने नेपालको वाणिज्य बैंकहरुमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सबैभन्दा कम उमेर (३९ बर्ष) को छन् । नेपालको दुर्गम तथा ग्रामीण जिल्ला रसुवामा जन्मनुभएका न्यौपाने चार्टड एकाउण्टेन्ट समेत हुन् ।

विद्यालय शिक्षा रसुवा जिल्लाको तत्कालिन धैवुङ गाविसमा पर्ने कालिका हिमालय उच्च माध्यमिक विद्यालयबाट सम्पन्न गरेका थिए । कम उमेरमा नै बैंकिङ्ग क्षेत्रमा अभूतपुर्व सफलता हासिल गर्न सफल न्यौपानेबाट मुलुकको बैंकिङ्ग क्षेत्रले ठूलो अपेक्षा राखेको एनआइसी एशिया बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


पुष्प दुलाल