ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयको समग्र अवस्था समीक्षा, परिणाममुखी काममा जोड

0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयअन्तर्गतका सम्पूर्ण महाशाखाको समग्र अवस्था, प्रगति र विद्यमान चुनौतीबारे स्थलगत अनुगमन तथा विस्तृत समीक्षा गरेका छन् ।

आइतबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन विशेष जोड दिएका छन् । उनले सम्बन्धित निकायलाई परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको विकास, जलस्रोतको दिगो उपयोग तथा सिँचाइ प्रणालीको सुदृढीकरणलाई प्राथमिकतामा राख्दै समग्र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अनुगमनका क्रममा मन्त्रालयअन्तर्गतका विभिन्न महाशाखाबाट चालु परियोजनाको प्रगति, सेवा प्रवाहको अवस्था तथा देखिएका समस्या र चुनौतीबारे प्रस्तुतीकरण गरिएको थियो। साथै, ती चुनौती समाधानका लागि आवश्यक सुधारका उपायबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।