सिमेन्ट उद्योगको पैसा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराले लुटे
भैरहवा । रुपन्देही मायादेवी गाउपालिका ३ स्थित रिलायन्स सिमेन्ट उद्योगको रकम लुटपाट गरिएको छ ।
उद्योगका कर्मचारी अभनिस त्रिपाठीले भैरहवाबाट रकम लिएर उद्योग फर्किने क्रममा उद्योग नजिकै उनलाई दुई जना अपरिचित व्यक्तिले कुटपिट गरी रकम लुटेर फरार भएको रुपन्देहीका एसपी हेम थापाले जानकारी दिए । लुटपाट गरिएको रकम ५/६ लाख रुपैयाँ रहेको बताइएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका यवाहरुले त्रिपाठीलाई घाईते बनाएर रकम लुटपाट गरेको स्थानीयले बताएका छन् । घाईते त्रिपाठीको अस्पतालमा उपचार भईरहेको छ । घटनाको अनुसन्धान र फरार व्यक्तिहरु खोजी भईरहेको प्रहरीले जनाएको छ ।