ग्लोबल र जनताको मर्जरलाई राष्ट्र बैंकको एलओआई, ३ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई र जनता बैंकको मर्जरलाई सैद्दान्तिक स्वीकृति दिएको छ ।

असोज २ गते बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक स्वीकृति दिदै तीन महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने निर्देशन दिएको छ ।

ग्लोबल आइएमई र जनता बैंकले एक आपसमा मर्जरमा जाने सम्झौता मौद्रिक नीति अगाडि गरेका छन् । बैंक सम्बन्ध स्रोतका अनुसार सम्पत्ति र दायित्व मूल्यांकन(डिडिए)को काम पनि सकिएको छ । शाखाहरु कति ठाउँमा जुधेका छन् त्यसलाई मिलाउनुपर्ने काम पनि सकिएको जनाइएको छ ।

मर्जर सम्झौता गर्दा दुवै बैंकले असोज भित्रमा एकीकृत कारोबार थाल्ने बताएका थिए । तर,एकीकृत कारोबार मंसिर देखि सुरु हुने बैंक सम्बन्ध स्रोतले जानकारी दियो ।


क्लिकमान्डु