कुलमानको चमत्कार: ८ अर्ब ८९ करोडले घाटामा गएको प्रधिकरण ७ अर्ब २० करोडले नाफामा



काठमाडौं । लोडेसेडिङ हटाएर उत्कृष्ट व्यवस्थापक बनेका कुलमान घिसिङ विद्युत् प्राधिकरणमा नियुक्त भएर आएको तीनवर्ष पुरा भएर चारवर्ष लागेको छ ।

कुलमान घिसिङले पहिलो चमत्कार नियुक्त भएर आएपछि तिहारमा लोडसेडिङ बिना नै लक्ष्मी पुजाको दिन काठमाडौंलाई झिलिमिली पारेका थिए ।

कुशल व्यवस्थापनको कारण विद्युत् प्राधिकरणले अहिले वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गर्न सफल भएको छ ।

कुलमान घिसिङले प्राधिकरणको नेतृत्व समाल्दा आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरणको घाटा ८ अर्ब ८९ करोड थियो । अर्को वर्ष नै कुलमान घिसिङले प्राधिकरणलाई नाफामा लैजान सफल भएका थिए । कुलमान घिसिङ आएको समयमा प्राधिकरणमा ३४ अर्ब ६१ करोड रुपैयाँ सन्चिती नोक्सान थियो । अहिले प्राधिकरण १५ अर्ब २२ करोड रहेको छ ।

प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३५ अर्ब ७ करोड आम्दानी रहेकोमा गत आर्थिक वर्षमा ७३ अर्ब ४६ करोड पुगेको छ ।


क्लिकमान्डु