अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको संशोधन विधेयक (पूर्णपाठ)



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदको प्रतिनिधिसभामा दर्ता गराएका छन् ।

अर्थमन्त्री खतिवडाले बाफियाको मस्यौदा मन्त्रिपरिषदमा दर्ता गरे, कति कैंची चलाए ?

गत पुसमा राष्ट्र बैंकले पठाएको मस्यौदामा केही थपघट गरेर मन्त्री खतिवडाले करिब ८ महिनापछि संसदमा विधेयक प्रस्तुत गरेका हुन् । करिब २ महिनाअघि नै मन्त्रिपरिषदले बाफिया विधेयक पारित गरेको थियो ।

अर्थमन्त्रीले संसदमा पेश गरेको बाफियामा एकैव्यक्ति लगातार २ कार्यकाल मात्रै बैंक सञ्चालक बन्न पाउनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

एकैव्यक्ति लामो समय बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा रहँदा उक्त संस्थामा संस्थागत शुसाशन कमजोर हुनसक्ने भन्दै २ कार्यकाल मात्रै सञ्चालक बन्न पाउने व्यवस्था गर्न लागिएको हो ।

सञ्चालकको कार्यकाल ४ वर्षको हुन्छ । र, कार्यकाल सञ्चालक बस्न पाउँदा एकै वयक्ति लगातार ८ वर्ष सञ्चालक बस्न पाउँछ । तर, २ कार्यकालपछि एक कार्यकाल ग्याव गरेर भने सोही व्यक्ति फेरि सञ्चालक बन्न पाउँने व्यवस्था गर्न लागिएको छ ।

त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिृकतका लागि बाफियाको विधेयकमा थप व्यवस्था गरिएको छ । यसअघि २५ वर्ष ननाघेको व्यक्ति मात्रै बैंकको सीइओ बन्न पाउने व्यवस्था भएकोमा विधेयकमा ६५ वर्ष नाघेको व्यक्ति सीइओ बन्न नसक्ने उल्लेख छ ।

हेर्नुहोस् पूर्णपाठ


पुष्प दुलाल